परराष्ट्रमन्त्री एवम् नेकपाका नेता प्रदीप ज्ञवालीले सामाजिक संजाल ट्वीटर मार्फत पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेता पनि एकताको प्रयाश जारी रहेको जानकारी गराएका छन् ।
नेता ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको तर एकताको रक्षा गर्ने प्रयास पनि जारी रहेको बताएका हुन् । उनले भनेका छन्, ‘पार्टी एकता अप्ठ्यारोमा छ तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् ।’
नीतिगत बहस गर्न आग्रह गर्दै आरोप प्रत्यारोप नगर्न समेत पार्टीका नेता र कार्यकर्ताहरुलाई नेता ज्ञवालीले अनुरोध गरेका छन् । ‘कमरेडहरूलाई आग्रह छ, नीतिगत बहस गरौँ, आरोप प्रत्यारोप नगरौँ एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।’ कम्युनिष्ट आन्दोलनलाई डुंगाको उपमा दिँदै मन्त्री ज्ञवालीले यसो भनेका हुन् ।
पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ।
— Pradeep Gyawali (@PradeepgyawaliK) November 16, 2020
आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।
COMMENTS