नेकपाको मलामी हुने भए राजीनामा गरौं : महासचिव पौडेल

काठमाडौं ३ मंसिर । सत्तारुढ दल नेकपाको सचिवालयको बुधबारको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले अघि सारेको प्रतिवेदनलाई आरोप पत्र भन्दै अस्वीकार गर्ने बतएका छन् । कात्तिक २८ मा भएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेज लामो राजनीतिक प्रस्ताव बैठक समक्ष पेश गरेका थिए । आजको बैठकमा अध्यक्ष प्रचण्डले दुवै अध्यक्षका पत्र तथा आफ्नो प्रतिवेदनमाथि सघन छलफल गरेर समाधान निकाल्नु पर्ने बताएको महासचिव विष्णु पौडेलले बताए ।


सचिवालय बैठकमा बोल्दै महासचिव पौडेलले कोर अफ दि लिडर भनिएको सचिवालयले कुनै निश्कर्ष निकल्न नसक्ने हो भने सामुहिक राजिनामा गरेर स्थायी समितिलाई निकासका लागि आग्रह गर्नु पर्ने बताए । पार्टी एकताको सूत्राधार मध्येका एक पौडेले संसारभरका क्रान्तिमा क्रान्ति र निर्माण गर्ने अवसर नेकपाले मात्र प्राप्त गरेपनि पछिल्ला गतिविधिले कोर अफ दि लिडर भनिएको सचिवालय नै असफल हुने खतरा रहेको व्याख्या गरे ।
पार्टी एकता गरेको गर्व गर्न हामीहरु नेकपाकै मलामी हुने अवस्था हो भने हामी असफल भएका ठहर्ने महासचिव पौडेलको धारणा थियो ।
बैठकमा नौ जना सदस्यहरुले नै संक्षिप्त रुपमा पार्टी एकताको पक्षमा धारणा व्यक्त गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board