बाँकेमा प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

बाँके, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा बिहीबार राती एक थुनुवा मृत अवस्थामा भेटिएका छन् ।

बालक अपहरण तथा हत्या आरोपमा पक्राउ परेका एक जना थुनुवा राती हिरासत कक्षभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला पर्नेमा बाँके डुडुवा गाउँपालिकाका बावुलाल रैदास रहेको जिल्ला प्रहरी कार्यालय बाँके स्रोतले जनाएको छ ।

उनी राती नै हिरासत कक्षभित्रै झुण्डीएको अवस्थामा फेला परेका थिए । शुक्रबार बिहान मात्र हिरासत कक्षमा झुण्डीएको अवस्थामा रैदास फेला परेको बाँके प्रहरीले जनाएको छ ।

रैदासले जाडोमा ओड्ने कपडालाई पासोको रुपमा प्रयोग गरी अरु सँगै रहेका थुनुवा सुतेको मौका पारी घाँटीमा पासो लगाएर पंखामा झुण्डीएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीकै हिरासत कक्षमा थुनुवाको मृत्यु भएपछि बाँके प्रहरीको सुरक्षामा नै प्रश्नचिन्ह खडा भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board