उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा शक्तिशाली बम बिस्फोट

उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विस्पोट भएको छ । गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

उदयपुरका प्रहरी उपरीक्षक दाहालका अनुसार रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको छ । घटनाको कसैले जिम्मेवारी नलिएको उनले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको छ।

बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको प्रहरीले जनाएको छ । कसले, किन बिस्फोट गराएको भन्ने खुल्न बाँकी रहेको छ । सुतली बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ। विस्फोटले भवनका सबै कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board