आज भारतका विदेशसचिव ११ वजे विशेष विमानमार्फत नेपाल आउँदै

काठमाडौं, ११ मंसिर । आज भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । उनी अहिले बिहान ११ वजे विशेष विमानमार्फत काठमाडौँ विमानस्थलमा आउने भएका छन्  ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट वार्ता गर्ने कार्यक्रम रहको छ  । उनले प्रमुख विपक्षी दल नेपाली काँग्रेस लगायतका उच्च नेतासँग पनि भेट वार्ता गरिने जनाइएको छ ।

उनले भ्रमणकै क्रममा भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उनी १२ गते सम्म नेपालमा रहि स्वदेश फर्कनेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board