सरकारलाई समानुपातिक, समावेशी विधेयक ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौँ – संघीय संसदको संसदीय सुनुवाइ समितिले संवैधानिक निकायमा समानुपातिक र समावेशी रूपमा राजनीतिक पदहरुमा नियुक्ति गर्नका लागि विधेयक ल्याउन निर्देशन दिएको छ । समितिले समानुपातिक र समावेशी रूपमा संवैधानिक निकायमा हुने नियुक्ति नहुने गरेको भन्दै त्यसका लागि कानुनी व्यवस्था गर्नका लागि निर्देशन दिएको हो ।

समितिको बिहीबारको बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि विधेयक ल्याउन निर्देशन दिएका छन् । समिति सभापति लक्ष्मणलाल कर्णले बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिहरू समानुपातिक, समावेशी भएनन् भन्ने प्रश्न उठिरहेका बताए । उनले समानुपातिक, समावेशी कसैको पक्षपातपूर्ण नहोस् भनेर समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिईएको बताए ।

बैटक समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ । महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त गरे र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्ति गर्न समितले सरकारलाई निर्देशन दिएको हो । निर्वाचन आयोग, मानवअधिकार आयोग, अख्तियारमा पदहरू खाली भएकाले अविलम्ब सरकारले पूर्णता दिइकन संविधान कार्यान्वयनलाई पूरा गर्न भनेर निर्देशन दिइएको उनले बताए । समितिले तीन पटक बोलाउँदा पनि प्रधानमन्त्री नआएको प्रति समितिले असन्तुष्टि जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board