सेनाको मुख्यालयमा चिनियाँ रक्षामन्त्रीलाई भब्य स्वागत (फोटो फिचर)

काठमाडौं, १४ मंसिर । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको मुख्यालयमा पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो ।

नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आउनुभएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हे नेपाली सेनाको मुख्यालयमा ।

रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् । फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा दिइएको सलामी ग्रहण गरेका छन् ।

नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आउनुभएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा दिइएको सलामी ग्रहणको क्रममा ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने बताईएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board