धुम्बाराहीमा बस्ने भनिएको नेकपाको सचिवालय बैठक बालुवाटारमै बस्ने

काठमाडौं, १६ मंसिर । आज धुम्बाराहीमा बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ।

आज पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक गत शनिबार भनिएको थियो । तर, आजको बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको एक सचिवालय सदस्यले बताए ।

प्रधानमन्न्त्री केपी शर्मा ओलीले धुम्बाराहीमा सुरक्षा खतरा रहेको भन्दै महासचिव पौडेलमार्फत बैठक सार्नका लागि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कोमा पुर्याएका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सुरक्षा थ्रेट आएको बताएपछि प्रचण्डले बालुवाटारमा बैठक बस्न सहमति जनाएको बताईएको छ ।

आजको बैठकमा ओली र प्रचण्डको प्रतिवेदनमा छलफल हुने बताईएको छ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ । आफूविरूद्ध लागेको लाल्छनामा दाहालले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ ।

अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको स्रोतले जनाएको छ । अध्यक्षद्वयबीच मतभेद बढेपछि बैठक माग गर्दै पाँच सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र ‘पत्र युद्ध’ सुरू भएको थियो ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board