बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भईरहको आजको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने भएको छ ।

नेकपाका नेताहरुले आजको बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने बताएका छन् । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

सचिवालयका बहुमत सदस्यहरु दुबै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा छलफल गराउनुपर्ने अडानमा छन् । उनीहरुले प्रधानमन्त्री ओली सहितका केही नेता सचिवालय बैठकबाटै समाधान गर्नुपर्ने अडान लिएका छन् । दोस्रो तहका नेताहरुले पनि प्रधानमन्त्री र अध्यक्ष मध्ये कुनै एकबाट राजीनामा गराएर निकास निकाल्नुपर्ने पक्षको लविङमा छन् ।

शीर्ष नेतामाथि सुरक्षा थ्रेट !

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धुम्बाराहीमा सुरक्षा खतरा रहेको भन्दै महासचिव पौडेलमार्फत बैठक सार्नका लागि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कोमा पुर्याएका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सुरक्षा थ्रेट आएको बताएपछि प्रचण्डले बालुवाटारमा बैठक बस्न सहमति जनाएको बताईएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board