कांग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं, १७ मंसिर । प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाने क्रममा नियन्त्रणमा लिएको हो ।

आफूलाई प्रहरीले हिरासतमा लिएको भनी पौडेल स्वंयमले फेसबुकमार्फत जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै बिरोध गरेका थिए ।

पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले भने पुल उद्घाटनको विरोध गर्दै राष्ट्रिय युवा सं‌घलगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको र झडपको सम्भावना भएको भन्दै पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।

जुलुससहित पुल उद्घाटनका लागि नेता पौडेल पुगेपछि बुधबार दिउँसो प्रहरीले पक्राउ उनलाई नियन्त्रणमा लिएको हो । कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले उत्तेजक अभिव्यक्ति दिएका थिए । पौडेलले पुल उद्घाटनको कार्यक्रम रोक्न निषेधाज्ञा जारी गरेको भन्दै स्थानीय प्रशासनको चर्को आलोचना गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board