कोरिया जानेहरुको रोकिएको प्रक्रिया कहिले हुन्छ सुरु ?

काठमाडौं, १८ मंसिर । कोरोनाका कारण कोरिया जानेहरुको रोकिएको प्रक्रिया छिट्टै सुरु हुने भएको छ । कोरिया लैजान रोकिएको प्रक्रिया छिट्टै सुरु गर्ने तयारी भएको जानकारी त्यहाँको श्रम मन्त्रालयले गराएको प्रवासी श्रमिक युनियन एमटीयूका अध्यक्ष उदय राईले बताए ।

प्रवासी श्रमिक युनियन एमटीयू र केसीटीयूले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसंग कोरियामा ईपीएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल गरेका छन् ।

कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला ६ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण कोरिया प्रवेशमा कडाइ र नेपालमा लकडाउन भएसंगै रोजगार अनुमति प्रणाली ईपीएस माध्यमबाट कोरिया जानेहरुको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो । सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति