सम्झनामा नारायण गोपालः गीत श्रोताको मनमस्तिष्कमा बस्न सफल ‘ट्रेजेडी किङ्ग’

काठमाडौं – स्वर सम्राट नारायाण गोपालको ३० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुदैछन ।

विक्रम संवत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३६ भन्दा बढी गीत गएका छन् । नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएको थियो भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाएका थिए ।

यस्तै, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित भएका थिए । जगदम्बा पुरस्कारबाट सम्मानित हुने उहाँ नै पहिलो गायक थिए ।

उनले आधुनिक मात्र नभए डेढ दर्जन जति नेपाली चलचित्रमा स्वर दिएका छन् । उनले गाएका गीत म त लाली गुरास भएछु, एउटा मान्छेको मायाले कति , लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उतिक्कै चर्चित छन । विसं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायाण गोपालको २०४७ साल मंसीर १९ गतेका दिन निधन भएको थियो ।

पीर, वेदना र वियोगले भरिएका गीत गाएर ट्रेजेडी किङ्ग भएका स्वर्गीय नारायणगोपाल चेस खेल्ने, चङ्गा उडाउने, फुटबल म्याच लगायतका सौखिन पनि थिए । उनका थुप्रै गीतहरु अहिले पनि त्यतिकै सुनिन्छन् ।

उनलाई नेपाली साङ्गीतिक आकाशको ध्रुव ताराका रूपमा पनि तुलना गरिएको छ । अहिले त्यो तारा नभएर पनि होला सायद । साङ्गीतिक क्षेत्र जसरी चम्कनुपर्ने र यसले उज्यालो छर्नुपर्ने थियो । त्यो हुन नसकेको उनीसँग संगत गरेकाहरु बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board