सय दिनमा १० करोड नागरिकलाई खोप लगाउने बाइडेनको घोषणा

काठमाडौं — अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले १० करोड डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अमेरिकी नागरिकहरुलाई उपलब्ध गराउने बताएका छन् । बाईनेले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा खोप अमेरिकी नागरिकहरुलाई उपलब्ध गराउने बताएका हुन् ।

उनले आफू पदमा आएको पहिला महिना नै महामारी अन्त्य गराउन नसक्ने भए पनि उक्त महिनामा यसको अवस्थामा उल्लेख्य परिवर्तन आउने बताए । बाइडनले जनवरीमा पदभार ग्रहण गर्ने बेलाको लागि आफ्नो स्वास्थ्य टोलीको घोषणा गर्दै उनले अमेरिकी नागरिकहरुलाई आफ्नो पहिलो एक सयदिनको कार्यकालमा मास्क लगाउन आग्रह गरेका छन् ।

बीबीसीका अनुसार मंगलबार अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपले अनुमति पाउने बाटो खुलेको हो । अमेरिकामा अहिलेसम्म एक करोड ५० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने दुई लाख ८५ हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ । पछिल्लो केही समययता अमेरिकाका विभिन्न राज्यहरुमा कोरोना संक्रमण अहिलेसम्मकै सबैभन्दा उत्कर्षमा पुगेको छ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पनि कोरोना भाइरसको मुद्दालाई बाइडनले महत्वपूर्ण विषयको रुपम उठाएका थिए । उनले आफ्नो कार्यकालमा पहिलो प्राथमिकता यो महामारी नियन्त्रण गर्नु नै हुने बताउँदै आएका छन् । बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board