श्रम र पसिनाको मूल्य खोज्दै उखु किसानले थाले काठमाडौँमा आन्दोलन

काठमाडौं, २८ मंसिर । आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसानहरु राजधानी माइतीघर मण्डलामा प्रर्दशनमा उत्रिएका छन् । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु आन्दोलन उत्रिएका हुन् । काठमाडौं केन्द्रित आन्दोलनमा सर्लाहीका उखु किसानहरु सहभागी छन् ।

आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै धर्ना दिन थालेका छन् । माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ । गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न उनीहरुको माग छ ।

उनीहरुले माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रको भनाई छ ।

उनीहरुले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थिए । मन्त्रीले पैसा दिलाइदिने बाचा गरेका थिए । तर, किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको उनीहरुको भनाई छ ।

चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्ने देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board