पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछेर प्रचार भएको भन्दै प्रचण्डले गरे भ्रममा नपर्न आग्रह

काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन् ।

कमानसिंह लामा प्रकरणमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत मुछिएपछि यस विषयमा आजको स्थायी समिति बैठकमा पनि सामान्य छलफल भएको थियो । प्रचण्डले पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछ्ने प्रयास भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् । बैठकमा प्रचण्डले यसबारे आफूले सम्बन्धित व्यक्तिलाई राखेर कुरा गर्दा प्रवक्ताले मिल्नुस् भन्नेबाहेक अरु कुरा गरेको नपाएको बताएका थिए ।

लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको प्रचण्डको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक पुस १ गते १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गरिएको हो । पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट निधन भएको थियो ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board