थप ८ सय ३० जना संक्रमित, ९ को मृत्यु

काठमाडौँ, २८ मंसिर । नेपालमा बितेको ४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा ८ सय ३० जना संक्रमित भेटिएका हो ।

नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा १५ सय जना डिस्चार्ज भएका छन् । भने हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म पीसीआर परीक्षण कुल १८ लाख ३१ हजार ४१ भएको छ ।

थप ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थपिए ३४८ जना संक्रमित
काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५० महिला र १९८ पुरुष गरी ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ थपिएका संक्रमितसँगै काठमाडौँ उपत्यकामा मात्र हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board