भारतको रिपब्लिक टीभीका सीईओ पक्राउ

काठमाडौं,२९ मंसिर । भारतको रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचंदानीलाई मुम्बइ प्रहरीले पक्राउ गरेको छ । मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार खनचंदानीलाई पक्राउपछि आइतबार नै अदालत उपस्थित गराइएको छ ।

केही केबल अपरेटर्सको सहयतामा दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन)को प्रयोग गरेर टीआरपी बढी भएको देखाउँदै ठगी गरेको आरोप उनीमाथि छ ।

एनसीएन प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देखाएर टीआरपीमा घोटला गरेको उनीमाथि अभियोग लगाइएको छ । रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए । खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको अनुसन्धान अधिकारीहरूको दाबी छ ।गत अक्टोबरमा सार्वजनिक भएको टीआरपी घोटला प्रकरणमा मुम्बइ प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board