चन्द्रागिरीमा मिनिट्रक दुर्घट्ना, घटनास्थलमै २ जनाको मृत्यु

काठमाडौं, २९ मंसिर । काठमाडौंको चन्द्रागिरिमा सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट उक्त ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा सिन्धुलीका २३/२४ वर्षीय मनिष कार्की र २५/२६ वर्षीय मानकुमार माझी रहेको छ ।

ट्रक कसले चलाएको भन्ने खुलेको छैन। उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board