काठमाडौं, ३० मंसिर । उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ ।
मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत बैठकमा उपस्थित भएका थिए ।
उखु किसानहरुले उखुको भुक्तानी माग्दै आईतबारदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उखु किसानहरुले माइतीघर मण्डलामा गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
यो पनि पढ्नुहोस्…
COMMENTS