ट्‍वान्टी-२० विश्‍वकपको ग्लोबल छनोटमा नेपालले पायो सोझै प्रवेश

काठमाडौँ, १ पुष । अस्ट्रेलियामा २०२२ मा हुने ट्वान्टी–२० विश्वकपका लागि नेपाल ग्लोबल छनोटमा सोझै प्रवेश पाएको छ । विश्व ट्वान्टी–२० वरीयतामा शीर्षस्थ टोली भएका कारण नेपालसहित जिम्बाब्वे, सिंगापुर र यूएईलाई ग्लोबल छनोटमा स्थान दिईएको बताईएको छ ।

नेपाल ट्वान्टी–२० विश्वकप अस्ट्रेलियामा २०२२ को अक्टोबर–नोभेम्बरमा हुने तय भइसकेको छ । त्यसका लागि ग्लोबल छनोट हुनेछ । त्यसको मिति र स्थान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले खुलाएको छैन ।

नेपाल, जिम्बाब्वे, सिंगापुर र यूएईसहित २०२१ मा भारतमा हुन लागेको विश्वकप ट्वान्टी–२० का पुछारका चार टोली तथा क्षेत्रीय छनोटबाट आउने ८ टोली गरी ग्लोबल छनोटमा १६ टोलीको सहभागिता रहने बताईएको छ ।

सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिने छ र प्रत्येक समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिने छ । नेपाल ट्वान्टी–२० आईसीसी वरीयातामा १५औं, जिम्बाब्वे १२ औं, यूएई १३औं र सिंगापुर २० औं स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board