नेकपा विवादः स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १ पुष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच स्थायी कमिटी बैठकअघि भेटवार्ता भएको हो ।

संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार दुई अध्यक्षबीचको छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ ।

नेकपाभित्र विवाद थप पेचिलो बन्दै गएको बेला दुई अध्यक्षबीच वान टु वान वार्ता भएको हो । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको हो । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board