काठमाडौं, २ पुष । उखु किसानको भुक्तानी रकम नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताको फोन आउने गरेको पाईएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका हुन् ।
प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले आफुलाई फलानो उद्योगीलाई नपक्रन भनेर फोन आएको बताए ।
उनले भने, किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र ? मन्त्री भट्टले प्रश्न गरे । तर, उनले कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ बताएनन् ।
यो पनि पढ्नुहोस्…
COMMENTS