उपत्यकामा भोलिदेखि जोर-बिजोरको प्रणाली हट्ने

काठमाडौं, २ पुष । काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ ।

भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने भएको छ । तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको हो ।

जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको छ ।

शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए। बैठकमा भएको सहमति अनुसार यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board