नेपाली कांग्रेसको मागः अध्यादेश फिर्ता लेऊ, संसद अधिवेशन तत्काल बोलाऊ

काठमाडौैं, ३ पुष । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने भन्दै तत्काल संसद बैठक राख्न माग गरेको हो ।

बैठकपछि कांग्रेस संसदीय दला प्रमुख सचेतक बालकृष्ण खाँडले आज बसेको संसदीय कार्यसमितिको बैठकले तत्काल अध्यादेश फिर्ता गर्न माग गर्दै संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको बताए । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक छ त्यो फिर्ता लिएर तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन काग्रेसको माग छ ।

यस्तै कांग्रेसले उखु किसानको भुक्तानी दिन बाँकी रहेको रकम तत्काल भुक्तानी व्यवस्था मिलाउन पनि सरकारलाई ध्यानाकर्षण गराएको छ । काग्रेसले कोरोना रोकथाम गर्न तीव्र रुपमा परीक्षणको दायरा बढाई उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दला प्रमुख सचेतक बालकृष्ण खाँडले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको प्रतिक्रिया दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board