बंगलादेशबाट खरिद गरेको मल पुसको दोस्रो साता नेपाल आइपुग्ने

काठमाडौं, ३ पुष । सरकारले बंगलादेशसँग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ । सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको टोलीले बिहीबार मल किन्ने सम्झौता गरेको थियो ।

मल ल्याउन ठेक्का पाइसकेको कम्पनीले आगामी साता एलसी (प्रतीतपत्र) खोल्ने र एलसी खोलेको दुई सातापछि मल नेपाल ल्याउन सुरु गर्ने कृषि मन्त्रालयले जनाएको छ ।

बंगलादेश गएको टोली शनिबार फर्केलगत्तै एलसीको प्रक्रिया थालिनेछ ढिलोमा पुस २१ सम्म छिटोमा १५ गतेसम्म मल आउन सुरु गर्ने मन्त्रालयको भनाइ छ । ढुवानी सुरु भएको एक सातामा सबै मल नेपाल भित्रिने पनि जनाइएको छ ।

मल ल्याउन जेएन ट्रेड (यूएई)सँग ठेक्का सम्झौता भएको छ । उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउने कृषि सामाग्री कम्पनीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board