भेटघाटलाई तिव्र : प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा


काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज राजनीतिक भेटघाटलाई तिव्र बनाएका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज राजनीतिक भेटघाटलाई तिव्र बनाएका छन् । आज विहान आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । खुमलटारमै ओलीले उपाध्यक्ष बामदेव गौतमसँग पनि कुराकानी गरेका थिए । त्यस लगत्तै ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री क्वाटर नै पुगेका थिए । त्यहाँ उनले गृहमन्त्री लगायत ५ जनामन्त्रीहरुसँग भेट गरेका थिए ।

स्रोतका अनुसार अहिले ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । दिनभरीको राजनीतिक भेटघाटसँगै अहिले राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएपछि प्रधानमन्त्री ओलीले संवैधानिक निकायसम्बन्धी अध्यादेश फिर्ता लिने अपेक्षा गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board