प्रधानमन्त्री ओलीविरुद्ध पोखरामा नाराबाजी

पोखरा, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटनको सिफारिस गरेपछि यो कदमको चौतर्फि आलोचना भईरहेको छ । यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध पोखारमा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका हुन् ।

पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै आन्दोलन थालेका हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरे ।

विद्यार्थीहरुले ओलीविरुद्ध नाराबाजी गर्दै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु बताए । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् । संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board