सात मन्त्रीद्वारा सामूहिक राजीनामाको घोषणा (नामावलीसहित)

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै उनीहरुले आज राजीनामा घोषण गरेका हुन् ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् ।

राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् ।

प्रधानमन्त्री ओलीले आजै संसद विघटनको सिफारिस गरेका थिए भने त्यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन् । सरकारको यो कदमविरुद्ध अहिले देशभर विरोध प्रर्दशन भईरहेको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board