प्रतिनिधिसभा विघटनप्रति आम नागरिकलाई प्रतिवाद गर्न जसपाको आह्वान

काठमाडौँ, ५ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपा नेपालले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरोध गरेको हो ।

प्रतिनिधिसभा विघटनको कार्यलाई जसपा नेपालले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै त्यसको विरोध गरेको छ । जसपा नेपालले सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई सो कदमको प्रतिवाद गर्न आह्वानसमेत गरेको छ । यसको बारेमा पार्टीले बैठक बसेर थप निर्णय गर्ने जानकारी गराउँदै पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्था माथि गरिएको गम्भीर प्रहार रहेको टिप्पणी गरेका छन् ।

उनीहरुले यो अधिनायकवाद र निरकुंशताको पराकाष्ठा रहेको पार्टीले ठहर गरेको जानकारी गराएका छन् । जसपाले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको ठहर गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board