भारतमा कोरोना संक्रमित १ करोड ५६ हजार पुगे

काठमाडौं, ६ पुस । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३३० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board