ओली पक्षीय सांसदहरूको भेला बालुवाटारमा, प्रचण्ड-नेपाल पक्षधरको भेला बानेश्वरमा

काठमाडौं, ६ पुष । बालुवाटारमा ओली पक्षीय सांसदहरू सोमबार बिहान छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका छन् ।

आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएर छलफल गरेका थिए । उनीनिकट सांसदहरू बालुवाटारमा भेला भएका छन् ।

पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन् । यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

आफू पक्षीय सांसदहरूसँग ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे कुरा गर्ने बताइएको छ। यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा हुँदै छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board