संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरूलाई प्रहरीले गर्‍यो धरपकड

काठमाडौं, ६ पुष । संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारअघि पुगेको मानव अधिकार तथा शान्ति समाजको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन तथा विरोध भईरहेको छ ।

सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार अघि पुगेका समाजका संस्थापक सभापति कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board