संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता

काठमाडौं, ६ पुष । आइतबार गरिएको संसद विघटनको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो ।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरूद्धमा कानुन् व्यवसायीहरुले रिट दर्ता गराएका छन् ।

प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले सहजै लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला चलिरहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि आज सर्वदलीय बैठक बोलाएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board