१ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने ओलीको घोषणा

काठमाडौं, ७ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । बालुवाटारमा आफु निकटका केन्द्रीय सदस्यहको भेला गरेर ओलीले महाधिवेशन आयोजक समिति गठन गरेको हो ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका छन् ।

चैतमा महाधिवेशन गर्ने यसअघि बसेको स्थायी कमिटीको बैठकको निर्णय छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि आजै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

प्रचण्ड-नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board