अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भन्ने भ्रम हो, चुनाव हुन्छ: ओली

काठमाडौं, ७ पुष । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताएका छन् । बालुवाटारमा मंगलबार आफु निकटका केन्द्रीय सदस्यहको भेला गरेर ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् ।

कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै त्यस्तो नहुने ओलीको भनाई छ । उनले भने, ‘चुनाव हुनेमा कुनै दुविधा नराख्नुहोला । हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।’

बैठकमा सहभागी केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन पर्ने निर्देशन दिएका छन् । उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति पनि घोषणा गरेका छन् । बालुवाटारमा केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै ओलीले बैठकमा प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पनि पारे ।

ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’ यस्तै बैठकलाई सम्बोधन गर्दै ओलीले आफू इतर पक्षलाई पिलोसँग तुलनासमेत गरेका छन् ।

बैठकमा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । बालुवाटारमा आफु निकटका केन्द्रीय सदस्यहको भेला गरेर ओलीले महाधिवेशन आयोजक समिति गठन गरेको हो ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड-नेपाल पक्षको पनि अहिले बबरमहलमा बैठक जारी छ । प्रचण्ड-नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्दैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board