काठमाडौं, ७ पुष । नेकपाका उपाध्यक्ष वामदेव गौतम र नेकपा सचिवालय सदस्य एवंम गृहमन्त्री रामबहादुर थापा बादलबीच भैंसेपाटीमा भेटवार्ता भएको छ । गृहमन्त्री समेत रहेका बादल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।
स्रोतका अनुसार पौने दुई बजे भैंसेपाटी पुगेका बादल र गौतमबीच अहिले कुराकानी भइरहेको छ । दुवै नेता कुनै पनि भेलामा सहभागी भएका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आआफ्नो पक्षको भेलामा आउन दुवै नेतालाई आग्रह गरे दुवै नेता भने भेलामा गएका छैनन् ।
यो पनि पढ्नुहोस्…
COMMENTS