बालुवाटारमा भएको भेला अवैधानिकः प्रचण्ड

काठमाडौँ, ७ पुष । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले बालुवाटारमा बोलाएको बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने बताएका छन् । थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफ्नो समूहको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले आफूहरुले नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिनिधित्व गरेको दावी गरेका छन् । 

‘बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक छैन । संवैधानिक निकायका पदाधिकारीले संविधान ऐन अनुसार विधिसम्मत ढंगले चल्छन् भन्ने अपेक्षा छ । विधिलाई ती सबैले सम्मान गर्नेछन् भन्ने अपेक्षा राखेको छु’ ।, बैठकमा प्रचण्डले भने । ‘तत्कालीन नेकपा एमालेका वरिष्ठत नेता, वर्षौं उक्त पार्टी चलाएका नेता यहाँ हुनुहुन्छ । यहाँ वरिष्ठ नेता हुनुहुन्छ ?।’, उनले प्रश्न गरे ।

ओलीले गरेको निर्णयमा प्रचण्डले आपत्ति जनाउँदै ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल नमिल्ने दावीसमेत गरेका छन् । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीमा कम्युनिस्टको व्यवहार र कार्यशैली नै नरहेको बताएका छन् । ‘उहाँमा धैर्यता छैन । बैठक बस्न पार्टीको अध्यक्षले अर्को अध्यक्षसँग अनुनय गर्नुपर्ने अवस्था एउटा कम्युनिष्टमा हुन सक्दैन,’ उनले भने ।

प्रचण्डले बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने दाबी गरेका छन् । ‘रामबहादुर थापा बादललाई आज बिहान पनि भेटेर कुरा गरेको छु । वामदेवजी र थापजीसँग मेरो भावनात्मक सम्बन्ध छ । यो नै आधिकारिक पार्टी हो । उहाँहरुलाई सगौरव आउन आग्रह गर्छु ।’ उनले भने । गौतम र थापा दुवै पक्षका बैठकमा उपस्थित भएका छैनन् । बबरमहलमा दाहाल(नेपाल समूहको बैठक चलिरहँदा उनीहरु भैंसेपाटीस्थित गौतम निवासमा छलफल गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board