काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई कारवाही गरेको छ । प्रचण्ड-नेपाल पक्षको बबरमहलमा जारी केन्द्रीय समिति बैठकले ओलीलाई कारबाही गरेर पार्टी अध्यक्षबाट हटाएको हो ।
बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो । ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित भएको प्रस्तावमा उल्लेख गरिएको छ ।
पारित प्रस्तावमा आफू नजिकीलाई अघि सारेर कथित नेकपा एमाले दर्ता गराएको पनि उल्लेख छ । बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी भएका छन् ।
COMMENTS