नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन

काठमाडौं, ७ पुष । नेपाल कम्यनिष्ट पार्टी (नेकपा)को नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरेको हो ।

प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएपछि पार्टीको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका हुन् ।

प्रचण्ड(नेपाल पक्षले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई कारवाही गरेको हो । प्रचण्ड-नेपाल पक्षको बबरमहलमा जारी केन्द्रीय समिति बैठकले ओलीलाई कारबाही गरेर पार्टी अध्यक्षबाट हटाएको हो ।

बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो । ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित भएको प्रस्तावमा उल्लेख गरिएको छ ।

पारित प्रस्तावमा आफू नजिकीलाई अघि सारेर कथित नेकपा एमाले दर्ता गराएको पनि उल्लेख छ । बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board