प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा, प्रधानन्यायाधीशको नेतृत्वमा एकल इजलास

काठमाडौँ, ८ पुष । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्दैछन् ।

संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा छन् । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ बुधबारका लागि तय भएको हो । राष्ट्रपति कार्यालयसमेत विपक्ष बनाएर दायर भएका रिट प्रधानन्यायाधीश जबराको एकल इजलासले सुनुवाइ गर्ने भएको हो ।

प्रधानन्यायाधीश जबराले आफ्नै एकल इजलास गठन गरेका हुन् । प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा निवेदनहरु एकसाथ पेस भएका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा

रिट दायर गर्नेहरुमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई र तुलसी सिंखडा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।

यस्तो छ मुद्दा नम्बर र पक्ष/विपक्ष

077-WO-0523 कंचनकृष्ण न्यौपाने || राष्ट्रपति कार्यालय काठमाडौं समेत
077-WO-0524 समृत खरेल समेत / राष्ट्रपतिको कार्यालय काठमाडौं समेत || राष्ट्रपतिको कार्यालय काठमाडौं समेत
077-WO-0525 अधिवक्ता लोकेन्द्र ओली समेत || राष्ट्रपतिको कार्यालय काठमाडौं समेत
077-WO-0526 अधिवक्ता ज्ञानेन्द्रराज आरण समेत || राष्ट्रपतिको कार्यालय काठमाडौं समेत
077-WO-0527 अधिवक्ता शालिकराम सापकोटा समेत || प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत
077-WO-0528 अधिवक्ता कलम बहादुर खत्री || राष्ट्रपतिको कार्यालय काठमाडौं समेत
077-WO-0529 अधिवक्ता मनिराम उपाध्याय || राष्ट्रपतिको कार्यालय काठमाडौं समेत
077-WO-0530 वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी || राष्ट्रपतिको कार्यालय काठमाडौं समेत
077-WO-0531 अधिवक्ता अमिता गौतम पौडेल समेत || राष्ट्रपतिको कार्यालय काठमाडौं समेत
077-WO-0532 अधिवक्ता दिपक राइ समेत || राष्ट्रपतिको कार्यालय शितल निवास काठमाडौ समेत
077-WO-0536 अधिवक्ता तुलसी सिंखडा || राष्ट्रपतिको कार्यालय शितल निवास काठमाडौ समेत
077-WO-0538 ने.का.पा.संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङ समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाडौं समेत

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board