सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ, ८ पुष । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा निवेदनहरु एकसाथ पेस भएका छन् ।

सर्वोच्च अदालतले सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ ।

सीमित ठाँउ र सामाजिक दुरी कायम गर्नुपरेकाले इजलासमा अरुलाई प्रवेश गर्न भने दिइएको छैन । मुद्दाको सुनुवाइ नेपाल बारबाट प्रत्यक्ष प्रसारणमार्फत बहस सुन्न पाउने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board