नयाँ केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै ओली समुह

काठमाडौं, ८ पुष । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षले संगठन निर्माणलाई तीव्रता दिने भएको छ । ओली समूहले मंगलबार बनाइएका नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको हो ।

प्रधानमन्त्री ओली पक्षले मौजुदा केन्द्रीय कमिटीमा ५ सय ५६ जना थप गर्ने गरेका केन्द्रीय सदस्यहरुलाई विभिन्न नेताहरुले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । प्रदीप ज्ञवालीका अनुसार बुधबार राजधानीका विभिन्न स्थानमा ७ प्रदेशका प्रशिक्षण कार्यक्रम हुने बताए ।

सोहीअनुसार प्रदेशगत रुपमा केन्द्रीय नेताहरुलाई खटाइएको ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटीमा मनोनित हुने सुदूरपश्चिम प्रदेशका सदस्यहरुलाई प्रशिक्षण दिन लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र विन्दा पाण्डे खटाइएको छ भने कर्णालीका लागि शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य खटाइएको छ ।

यस्तै, लुम्बिनी प्रदेशका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा खटाइएको छ भने गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई खटाइएको छ ।

ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याललाई वाग्मती प्रदेशका सदस्यहरुलाई प्रशिक्षण दिन खटाइएको छ भने प्रदेश २ का लागि ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोको नाम तय गरिएको छ । यस्तै, प्रदेश १का लागि सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई प्रशिक्षणका लागि खटाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board