संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, ८ पुष । सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेका रिटको सुनुवाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो ।

अन्तरिम आदेश दिन भने राणाको इजलासले अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बुधबार रिट निवेदकका तर्फबाट बहस गरेका थिए ।

प्रधानन्यायाधीश राणाले बहसपछि पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

बुधबार संसद विघटनविरुद्ध परेको १२ वटा रिटको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका हुन् ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board