संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं: प्रचण्ड

काठमाडौं, ८ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले लामो समय देखि संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र र प्रतिनिधिसभालाई जिवन्त राख्नेमा निरन्तर लाग्ने बताएका छन् ।

नेकपाका संसदीय दलको नेता चयन भएपछि प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै राजनीतिक दलसँग सहकार्य गर्नु र सबैसँग इमान्दारितापूर्वक सहकार्य गर्दै त्यही एकताको बलमा प्रतिनिधिसभालाई जीवित बनाउन आफू लागि पर्ने बताए । उनले जनताको अपेक्षा अनुसार काम गर्ने संसद पुनर्स्थापित गरेर नयाँ सरकार गठन गर्नेसमेत बताए । संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने प्रचण्डको भनाई छ ।

आफूले चुनौतीपूर्ण जिम्मेवारी पाएको बताउँदै प्रचण्डले भने, ‘मैले नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा म प्रयत्न गर्नेछु,’ उनले भने, ‘मलाई विश्वास छ नेपाली जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु ।’

नेपाली जनताको विश्वास लिन सबै राजनीतिक दलसँग सहकार्य गर्दै सबै सांसदहरुको विश्वास लिएर राष्ट्रहितमा कामगर्ने प्रतिबद्धतासमेत प्रचण्डले व्यक्त गरेका छन् ।

यो पनि…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board