काठमाडौं, ९ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठकमा यसअघि केपी समूहमा रहेको भनिएका शेरबहादुर तामाङ र उषाकला राई पनि सहभागी उपस्थित भएका छन् ।
यसअघिको बसेको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । बुधबार संसद विघटनविरुद्ध परेको १२ वटा रिटको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका हुन् ।
COMMENTS