ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं, ९ पुष । नेकपाको प्रचण्ड-माधव पक्षद्वारा आन्दोलनको कार्यक्रम घोषणा भएको छ । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले देशभर प्रर्दशन गर्ने भएको हो ।

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ । संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले घोषणा गरेको हो ।

पुस १० गते बिहान १० बजे प्रचण्ड-नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board