कोरोना अपडेटः २४ घण्टामा ६१३ जना संक्रमित, पाँच जनाको मृत्यु

काठमाडौं, ९ पुष । नेपालमा बितेको २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० रहेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ ।

थप पाँच जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । हालसम्‍म मृत्यु हुनेको संख्या १८०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप २४४ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board