संसद विघटन : भारतले भन्यो, ‘हामीले नोट गरेका छौं, यो नेपालको आन्तरिक मामिला हो’

नयाँदिल्ली, ९ पुस । छिमेकी राष्ट्र भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘नोट’ गरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार (आज)को नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा सिर्जना भएको राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको बताएका हुन् ।

उनले नेपालको राजनीतिक घटनाक्रमलाई भारतले नोट गरेको जनाउँदै उक्त घटना नेपालको आन्तरिक मामिला भएको बताए । साथै उक्त घटनाको लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्ने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुई समूहमा विभाजन भइसकेको छ । त्यसोत, सानातिना नेपालको राजनीतिक घटनाक्रममा चासो राख्दै आएको भारतले संसद् विघटन भएको पाँच दिनसम्म कुनै पनि प्रतिक्रिया जनाएको थिएन ।

भारतको उक्त मौनतालाई प्रधानमन्त्री ओलीको कदममा उसको ‘ग्रीन सिग्नल’का रुपमा पनि आशंका गरिँदै थियो । तर, भारतीय मूलधारका सञ्चारमाध्यम र पूर्वकुटनीतिज्ञ तथा नेपाल मामिलाका विश्लेषकहरुले भने संसद् विघटनलाई ‘असंवैधानिक’ भएको दावी गर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board