पदको लडाइँ छाड्नुस्, देश बनाउन लाग्नुस्– प्रधानमन्त्री ओली ( बालुवाटारमा विहीबारको सम्वोधनको सम्पादित अंश)

काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक-दुईवटा चुनाव लडेर, राम्रा कामहरु गरेर देखाउनुपर्ने बताउनु भएको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा पुस ७ गतेदेखि सुरु भएको नेकपा (ओली पक्ष) को केन्द्रीय कमिटी बैठकमा विहीबार समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पदको लडाइँ छाड्नुस्, देश बनाउन लाग्न आह्वान गर्नुभएको छ ।

सम्वोधनको सम्पादित अंश

अब संशोधित विधान लागु भएको छ

हामीले केन्द्रीय कमिटीको यो तेस्रो बैठक अस्तिका दिन (७ गते) प्रारम्भ गर्‍यौं । त्योभन्दा अघिल्लो दिन मैले अध्यक्षको हैसियतले मनोनित गरेका र बैठकमा उपस्थित हुनुभएका कमरेडहरुलाई सपथ ग्रहण गराएँ । र, अस्तिका दिन उपस्थित हुन नसक्नु भएका कमरेडहरुलाई आज उपस्थित गराइयो र सपथ ग्रहण गराइयो । अस्तिका दिन मैले ६ गते मनोनित गरेका प्रमुख नेताको हैसियतमा र प्रथम अध्यक्षको हैसियतमा मनोनित गरेका साथीहरुलाई सपथग्रहण गराएको हो । त्यसको अनुमोदन गराएको हो र केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गराएको हो । त्यससँगसँगै त्यस बैठकले विधानमा संशोधन गर्‍यो ।

हामीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अब दोस्रो संशोधित विधान लागु भएको छ । दोस्रो संशोधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो संशोधनसहित लागू भएको छ । हामी त्यस विधानअन्तरगत नै निर्देशित भएका छौं । हामीले त्यो विधान ७ गते दिउँसो १ बजे पारित गरेका हौं । दिउँसो १ बजे नै अघिल्ला दिन मैले मनोतित गरेका केन्द्रीय सदस्यहरुको मनोनयनलाई अनुमोदन गरेका हौं । यसरी हाम्रो पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले विधिवत अध्यक्षसँगको परामर्शमा महासचिवले बोलाउनु भएर वैधानिक व्यवस्थाअनुसार विधिवत् ढंगले बसेको बैठक हो ।

मलाई हटाएँ भन्नु चेस खेल्दा हात्ती खाएँ भनेजस्तै हो

केही महत्वाकांक्षी व्यक्तिहरु खास गरी यथार्थमा भन्नुपर्दा दुईजना महत्वाकांक्षी व्यक्तिहरु, दुईजनाको महत्वकांक्षा, पद प्राप्तिको हतारो, प्रधानमन्त्री भइसकेका पार्टी प्रमुखको हैसियतामा एकजना तीन कार्यकाल अध्यक्ष भएर १५ वर्ष पूर्ण कार्यकाल चलाइसकेका र अर्को ३३ वर्षदेखि पार्टी प्रमुखबाहेक अरु केही हुँदै नभएका पार्टी प्रमुखै भएर चलाइराखेका, उहाँहरुलाई मेरो त बानी परेको छ प्रमुख हुने भन्ने, मेरो प्रधानमन्त्रीमा पो रस बस्यो हो भन्ने । के गर्ने देशका लागि, जनताका लागि भन्ने होइन । पदमा रस बसेको मान्छे हो । पदमा बानी पर्‍यो । फेरि हुन रहर लाग्यो । फेरि हुन हतार भो ।

अझै ठूलो तमासा त निकाले रे पार्टीबाट , चेस खेल्दाखेरि मैले हात्ती खाएँ, उँट खाएँ भन्छन् भनेजस्तै कुरा हो कारबाही , त्यसकारण उहाँहरु के निहुँ पारेर भन्दा नयाँ जनादेशका लागि प्रधानमन्त्री जनताका बीचमा गयो, यो ताजा सबभन्दा पछिल्लो निहुँ हो, पछिल्लो बाह्र महिनामा । उहाँहरुले कहिले निहुँ खोज्नुभएन ?  कहिले अत्तो थाप्नुभएन ? जहिल्यै पनि सरकारको पक्षमा बोलेको सुन्नुभएन होला । देशको पक्षमा बोलेको सुन्नुभएन होला ।

अतिक्रमित भूमि जब हामीले फिर्ता बोलायौं, जब नक्सा छाप्यौं, सम्बन्ध बिगारेको आरोप लगाइयो । हाम्रो भूमि समावेश गरेर नक्सा छाप्दा सम्बन्ध बिगारेको आरोप लागाइयो । भूमि छाड्दिएर सम्बन्ध सप्रिन्छ कि भूमि लिएर वास्तवतमा सम्बन्ध सप्रिन्छ । हामीले सम्बन्ध सपार्नुपर्छ यथार्थका आधारमा । तसर्थ, हामीले सम्बन्ध यथार्थका आधारमा, वास्तविकताको आधारमा मित्रताको वस्तुनिष्ठ आधारमा आफ्नो डोमेन पनि फिर्ता लिने र सम्बन्ध पनि सुधार्ने प्रयास गरेका हौं । त्यसवापत उहाँहरुको विरोध आयो ।

पहिल्यै पनि साथीहरुलाई थाहा छ, पहिल्यै पनि संविधान बनाएवापत नाकाबन्दीको डटेर सामना गरे वापत देशमाथि भएको निर्भरता तोडेर अर्को छिमेकीसँग पनि यातायात र पारवाहन सम्झौता गरेर एउटा देश वेष्ठितबाट एउटा देशबाट घेरिएकोबाट भूजडित, दुवैतिरका छिमेकीहरुबाट समुद्रसम्म र विश्वसम्म पुग्नसक्ने ढोकाहरु खोलेबापत‘। एउटा छिमेकीसँग सीमाना खुला छ । अहिले असहज परिस्थितिमा पनि हामीले १४ वटा नाकाहरु खुला राखेका छौं । एउटा छिमेकीसँगको सीमा खुला छ, अर्को छिमेकीसँग बाटो छैन, त्यस्तो अवस्थामा हामीले केही महत्वपूर्ण नाकाहरु खोल्यौं । दुर्गम ठाउँका जनताहरुलाई सुगममा परिणत गराउने प्रयास गर्‍यौं, त्यसवापत । पहिले पनि चर्को विरोध भएको थियो ।

मैले हिजोको एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा पनि भनेको थिएँ , वास्तवमा कुन-कुन परिस्थितिमा मलाई हटाउने कोसिस हुन्छ म माथि हमला हुन्छ । यही दुईटा उदाहरण काफी छ । पहिलोपल्ट जुनजुन पार्टीमा भए पनि यिनै अहिलेका व्यक्तिहरु हुन् । जो हुँडलो मच्चाउन पहिले पनि धाएका थिए र सरकार गिराउन लागेका थिए । यिनै व्यक्तिहरु हुन् । जुनजुन ठाउँमा भए पनि । हिजो बेग्लाबेग्लै ठाउँमा थिए । आज एकै ठाउँमा भए पनि एउटा झुत्तो बनाएर त्यसको कुनातिर गएर साउती गर्ने प्रवृत्ति देखिन्छ ।

देशभरिका जनताका भावनाविपरीत देशको आवश्यकता विपरीत, यतिबेला हाम्रा उपलब्धिलाई संस्थागत गर्नुपर्ने बेलामा त्यसका लागि हामी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकताका विपरीत तमाम कार्यकर्ताको मन रुवाएर एकतामा भाँजो हालेर, दुनियाँलाई तमासा देखाएर, प्रहसन गरेर ।

अस्ति नै प्रस्ताव भन्दै थिए । अहिले त त्यो प्रस्ताव होइन । अध्यक्षमाथि स्पष्टीकरण रे । एउटा व्यक्तिले प्रथम अध्यक्षमाथि स्पष्टीकरण मागेको रे । एउटा व्यक्ति कसैलाई लहड चल्यो, स्पष्टीकरण माग्यो, संसारमा कहीँ पार्टीमा त्यस्तो सुन्नुभएको छ तपाईंहरुले रु प्रथम अध्यक्षलाई अकारण एउटा कोही व्यक्तिको प्रस्ताव । पहिले प्रस्ताव भनिएको थियो, व्यक्तिको असभ्यता हो, अशिष्ठता हो, गलत मनसाय हो, गलत उद्देश्य हो, गलत नियत हो र गलत बाटोतिर जाने आधार खडा गरेको हो । त्यसलाई प्रथम अध्यक्षमाथिको स्पष्टीकरण भनेर अहिले खडा गरिएको छ । दुनियाँलाई यो थाहा छैन रु

अझै ठूलो तमासा त निकाले रे पार्टीबाट भन्या सुन्दैछु । तमासा १ प्रथम अध्यक्षलाई, जसले ५५/५६ वर्ष अगाडिदेखि आन्दोलनमा होमियो, एउटा नयाँ आन्दोलनको सुरुवात गर्‍यो । जतिबेला पार्टीहरु टुक्रिएर, दबिएर ससाना चोइटाहरुमा सीमित भएका थिए, त्यतिबेला नयाँ एकता र एकीकरणको अभियान, नयाँ पार्टी निर्माणको अभियान, सञ्चालन गरेर यहाँसम्म ल्याइपुर्‍यायो । त्यो व्यक्तिलाई निकाल्यो रे कसैले लहडमा ।

मैले चेस खेल्दाखेरि मैले हात्ती खाएँ भन्छन् कोही । यो चेस खेल्दा हात्ती खाएँ भनेजस्तै कुरा हो । मैले उँट खाएँ भन्छ । चेसको खेल हो, उँट खान्छ, हात्ती खान्छ, घोडा खाएँ भन्छ, खान्छ । तर, राजनीति हो यो । उहाँहरुले थाहा पाउनुपर्छ । उत्ताउलिएर, अनुशासनहीन भएर भड्किएर नहिँड्नुहोस् तपाईंहरु । तपाईंहरु फर्किएर, सम्हालिएर फेरि पनि आउनुहोस् । हामीले कारवाही गर्‍यौं, यसो उसो भनिराखेको छैन अहिलेसम्म । तर, आवश्यक पर्‍यो भने हामी उहाँहरुलाई हटाउने हैसियत राख्छौं । हामी चाहन्छौं, हटाउनु नपरोस् । उहाँहरु अझै सम्हालिनुहोस् ।

संसद विघटन किन ? हाम्रो बाटो स्पष्ट छ

किन संसद विघटन गर्नुपर्‍यो ? यही किचकिच, यही झमेला । पार्टीभित्रै सधैं हिँड्न खोज्यो, खुट्टा समाउने । हिँड्न खोज्यो खुट्टा समाउने । हिँड्न खोज्यो धराप थाप्ने । हिँड्न खोज्यो अल्झाउने । देशकै समय, देश हाँक्नुपर्ने बेलामा सरकारलाई चाहिँ गतिशील ढंगले हाँक्नुपर्ने बेलामा, त्यो पार्टी अल्झिनुपर्ने केमा भन्दा दिनैपिछ्छे गफ पिट्नेको कुरामा ।

उनीहरु गफ पिट्छन् त्यसैमा अल्झिनुपर्ने । दिनैपिच्छे बैठक चाहिने । बैठक चाहियो, बैठक बस्नुपर्‍यो, बैठक चाहियो, बैठक चाहियो । हामी सधैं बैठकै बसिराख्यौं भने के हुन्छ हालत रु बैठकैमात्रै बसिरहने होइन । आवश्यक निर्णय गर्ने, जनतामा जाने, संगठन गर्ने, प्रचार-प्रसार गर्ने, जनतालाई सचेत बनाउने अभियानमा लाग्नुपर्छ । त्यसैले धेरै लामा-लामा बैठक बस्नुपर्ने होइन । छोटाछोटा बैठक बस्ने र गतिशील ढंगले काम गर्ने हो ।

नेतृत्व आफैँ आफ्ना उद्देश्य एवं गन्तव्यहरुमा स्पष्ट हुनुपर्छ । नेतृत्व आफैं गन्तव्यमा पुग्ने सही विचारहरुको विश्लेषण कसरी गर्ने ? ठीक ढंगले अगाडि कसरी बढ्ने रु त्यस ढंगमा स्पष्ट हुनुपर्छ । अनि आम साथीहरुले नेतृत्वमा विश्वास गर्नुपर्छ ।

लडाईंमा कमाण्डरमाथि विश्वास गरिएन भने, कमाण्डरले कसरी अगाडि बढ्ने भन्ने स्पष्टता भएन भने, कमाण्डर स्पष्ट हुनुपर्दछ, यो लडाईं कसरी लड्छु भन्ने कुरामा । र, अरु साथीहरु, सहयोगहीहरुको नेतृत्वपंक्ति, कमाण्डरप्रति विश्वास हुनुपर्छ । अनिमात्रै हामी एक ढिक्का भएर गतिशील ढङ्गले अगाडि बढ्न सक्छौं ।

बाटोमा अस्पष्टता भयो भने अलमल हुन्छ । बाटोमा स्पष्टता चाहिन्छ । गन्तव्यतिर फर्किएको हुनुपर्दछ । यसकारण हाम्रो बाटो स्पष्ट छ । हाम्रा उद्देश्यहरु स्पष्ट छन् । हामीले हाम्रो राष्ट्रिय अकांक्षा तय गरेका छौं – समृद्ध नेपाल, सुखी नेपाली । त्यसको विश्लेषण गरेका छौं, व्याख्या गरेका छौं, त्यो भनेको के हो रु उत्कृष्ट प्रणाली, उत्कृष्ट व्यवस्था, उत्कृष्ट गन्तव्य, समृद्धि ।

सामाजिक न्याय र समानतासहितको समृद्धि । सुरक्षा र अनुसन्धानसहितको सबैलाई अधिकार र अवसर उपलब्ध भएको समृद्धि, त्यस्तो प्रणाली हामीले ल्याउन खोजेका हौं । त्यसतर्फ हामी अग्रसर छौं । त्यसकै कारण हामीले भनेका हौं समाजवाद उन्मुख छौं । हामी हाम्रा उद्देश्यमा, हाम्रा आकांक्षाहरुमा स्पष्ट छ ।

त्यसैगरी, हामी हाम्रो बाटोमा स्पष्ट छौं । जनतामा सार्वभौम सत्ता छ । सार्वभौम जनताका बीचमा हामी जान्छौं । सार्वभौम जनतालाई गलत बिचारबाट दुस्प्रभावित हुन नदिन, जनतालाई भ्रम पर्न नदिन, जनतालाई भ्रमबाट मुक्त गर्न हामी प्रशिक्षण अभियान, प्रचार अभियान, सचेतना अभियान, जागरण अभियानहरु सञ्चालन गर्छौं ।

जनतालाई देशभक्तिपूर्ण कामको भावनाबाट कसैले भड्काउन सक्दछ, त्यसबाट भड्किन नदिन त्यस दिशामा ठीक ढङ्गले अगाडि बढाउन हामी अगाडि बढ्छौं । त्यसर्थ हाम्रो बाटो स्पष्ट छ । हाम्रा उद्देश्यहरु स्पष्ट छन् । हाम्रो गन्तव्य स्पष्ट छ । त्यस गन्तव्यलाई प्राप्त गर्नका लागि हाम्रा उद्देश्यहरुमा केन्द्रित भएर हाम्रा विचारहरुमा केन्द्रित भएर, हाम्रा बाटाहरुमा केन्द्रित भएर, हाम्रा नीति योजना र कार्यक्रमहरुमा केन्द्रित भएर, हामी योजनावद्ध ढंगले र सक्रियतापूर्ण ढङ्गले अगाडि बढ्न सक्नुपर्छ । त्यसो गर्‍यौं भने हामी जनतामा आधारित, कार्यकर्तामा आधारित पार्टी हौं । जनतामा आधारित कार्यकर्ता, कार्यकर्तालाई पार्टीले संरक्षित र संगठित गर्ने काम सही ढङ्गले सफलतापूर्वक गर्न सक्छ र हामी विजय हासिल गर्न सक्छौं ।

कतिपय विद्धान कमरेड, अधिवक्ता, कानूनका ज्ञाताहरुले संसद पुनर्स्थापना हुन्छ-हुन्छ भनेर हुँइया मच्चाइरहेका छन् । तर संसद पुनर्स्थापना हुँदैन, हुनसक्दैन
म साथीहरुलाई भन्न चाहन्छु, अहिले यतिबेलाको प्रमुख काम, यतिबेलाको मुख्य काम संगठन भत्काउन खोजेका छन्, बिगार्न खोजेका छन्, भ्रम सिर्जना गर्न खोजेका छन् नेता कार्यकर्ताहरुका बीच, त्यसकारण नेता(कार्यकत्राहरुका बीचमा कुनै प्रकारको भ्रम नहोस्, अन्योल नहोस् भनेर सचेत र सजग गराउनुपर्छ । त्यसका लागि हामीले हाम्रो संगठनलाई विचारमा, उद्देश्यहरुमा स्पष्ट गन्तव्यहरुमा स्पष्ट, बाटोमा स्पष्ट, अग्रकार्यदिशामा स्पष्ट, हामीले कुनै दुविधा राख्न हुन्न ।

हामी शान्तिपूर्ण ढंगले संवैधानिक, लोकतान्त्रिक बाटोमा अघि बढेका छौं । यही बाटो हाम्रो हो, यही बाटोबाट हामी अगाडि बढ्छौं । यस कुरामा कुनै भ्रम रहनुहुँदैन । हामी मार्क्सवादी दर्शनबाट प्रशिक्षित छौं । मार्क्सवादी, लेनिनवादी सिद्धान्तबाट दीक्षित छौं । जनताको जनवाद, जहाँ संविधानको सर्वोच्चता, सार्वभौमसत्ता जनतामा शक्ति पृथकीकरण प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था यी कुराहरुमा हामी स्पष्ट छौं । मानव अधिकारको प्रश्न, प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, हिँडडुलका स्वतन्त्रतालगायत मौलिक हकका प्रश्नहरु अरु यावत प्रश्नहरुमा हामी स्पष्ट छौं ।

हामी हाम्रा छिमेकीहरुसँग, हाम्रा अधिकार छोडेर होइन, हिजो विभिन्न कालखण्डहरुमा शासकीय कमजोरीले होला, अथवा त्यसबेलाको परिस्थितिले होला, हामीले कतिपय अधिकार गुमाएका हौंला, भूभाग बहाली गर्न नसकेका हौंला । तर, हिजोका कमीकमजोरीहरुलाई स्वीकारेर अगाडि जान सकिँदैन । ती सच्याएर अगाडि जानुपर्छ । ती कमीकमजोरीहरुलाई सच्याएर हामीले अब दुबैतर्फका छिमेकीहरुसँग सुदृढ, सुमधुर सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्छ । हाम्र्रो नीति त्यो हो, त्यसरी नै अगाडि बढेका छौं ।

यतिबेला हाम्रो काम संगठन, निर्माण विस्तार र सुदृढीकरण, र शुद्धीकरणका साथ अगाडि बढ्ने हो । गलत विचारहरुविरुद्ध हाम्रो प्रचार अभियान सही विचारहरु लिएर हाम्रो प्रचार अभियान तीव्र गतिले अगाडि बढ्ने छ । यो अभियान लिएर हामी अगाडि बढ्ने हो ।

म साथीहरुलाई भन्छु, तत्काल, आजभोलि, हप्ता दिन महिना दिन संगठन र प्रचार । प्रचारको उद्देश्य जनता, नेता कार्यकर्ता साथीहरुलाई सचेत बनाउने हो, भ्रमबाट मुक्त बनाउने हो, भ्रममा पर्न नदिने हो र हाम्रो महान उद्देश्यहरुलाई सिंगो देशलाई हाँकेर अगाडि बढ्ने हो ।

हामीले संविधानको रक्षा गरेर, कार्यान्वयन गरेर र देश र जनतालाई आवश्यक परेको ठाउँमा औचित्य र आवश्यकताका आधारमा संशोधन पनि गर्दै पनि जाउँला । संविधान संशोधन गर्नुको अर्थ नमान्नु होइन । मान्नुको अर्थ संशोधन हुन सक्दैन भन्ने होइन । हामी संविधान मान्छौं, संविधानको रक्षा गर्छौं र समयानुकुल ढंगले गतिशीलताका साथ अगाडि पनि बढाउँछौं । जनताको समस्या, जायज मागलाई सम्बोधन गर्न आवश्यक पर्‍यो त्यस्ता ठाउँमा संशोधन पनि गर्नुपर्छ । र, हामी यो गतिशीलताका साथ अगाडि बढेका छौं ।

साथीहरुमा कुनै भ्रम रहनु हुँदैन, कुनै प्रकारका शक्तिहरुले कतै संविधानविरुद्धका अभिव्यक्ति वा गतिविधिहरु अथवा व्यवस्थाविरुद्धका गतिविधि वा अभिव्यक्तिहरु दिएका हुन सक्छन् । जनतामा भ्रम छर्ने कोसिस गर्न सक्छन् । हाम्रा साथीहरुलाई भन्न चाहन्छु, अब त्यस्ता भ्रमहरु तोड्ने अभ्यास अगाडि लैजानुपर्छ । अरुले अनेक प्रतिक्रिया दिइरहेका हुन्छन्, हामी प्रतिक्रिया नदिई भलाद्मी भइरहन्छौं । अरुले टिप्पणी गरिरहेका हुन्छन्, हामी भलाद्मी भएर बसेका हुन्छन् । लाइक गर्नुपर्नेलाई लाइक र डिसलाइक गर्नुपर्नेलाई डिसलाइक नगरी बसेका हुन्छौं । हामी अवश्य भलाद्मी हौं, तर सहीलाई सही र गलतलाई गलत पनि भन्न नसक्ने निरीहता प्रदर्शन गर्ने व्यक्ति र शक्ति होइनौं । सहीलाई सही र गलतलाई गलत भनेर उभिन सक्ने हौं ।

संसद पुनर्स्थापना हुँदैन

देश चुनावतर्फ गयो । हामी अब चुनावको तयारीमा तीव्र ढंगले लाग्नेछौं । कतिपय विद्धान कमरेड, अधिवक्ता, कानूनका ज्ञाताहरुले संसद पुनर्स्थापना हुन्छ-हुन्छ भनेर हुँइया मच्चाइरहेका छन् । त्यसको खण्डन- संसद पुनर्स्थापना हुँदैन ।

उहिले एकपटक संसद पुनर्स्थापना भयो मनमोहन अधिकारीजीले विघटन गर्दा । त्यसबेला पुनर्स्थापना गर्नका लागि बाहना थियो । एक, त्यो सरकार अल्पमतको थियो । अर्को, अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि विघटनको सिफारिस भएको थियो । यद्यपि संवैधानिक कारणले त्यो हुन सम्भव थिएन । तर, कृत्रिम ढंगले गरिएको थियो ।

अहिले त बाहानाहरु पनि छैनन्, बहुमतको सरकार हामीसँग छ, बहुमतको सरकारको प्रधानन्त्रीले सिफारिस गरेको छ र भंग भएको छ । अर्को सरकार बन्ने सम्भावना छैन, किनभने बहुमतको सरकार हामीसँग छ ।

बहुमतको सरकारले भंग गरेर अब ताजा जनादेशमा जान्छु भनिसकेको छ । अब ३६ प्रतिशत मान्छेले हाम्रो विकल्प छ, हाम्रो पार्लियामेन्टमा विकल्प छ भनेर हुन्छ र रु

आन्दोलन केका लागि ? चुनावमा सहभागी हुनोस्

अहिले सुन्दैछु, कार्की ब्याङक्वेटमा उहाँहरु, न जनयुद्धमा कोही सामेल भाको, न जनआन्दोलनमा कहिल्यै सामेल भएको, न जिन्दगीमा कहिल्यै एउटा जुलुसमा हिँडेको नारायणकाजीको नेतृत्वमा आन्दोलन गर्ने रे अझै । न जनआन्दोलनमा हिँडेको छ, न जनयुद्धमा हिँडेको छ । न त जुलुसमा नै सामेल भएको छ । जनयुद्धको नेतृत्व गरेको हुँ भन्ने प्रचण्ड खुला भइसक्दाखेरि नारायणकाजी भन्ने व्यक्ति अन्तर्वार्ता दिँदा कति डराएका थिए ? कमाण्डर रामबहादुर थापा बादल खुला भइसके, पर्दापछिबाट हात घुसारेर हात मिलाउने मान्छे उतै छ । मान्छे पर्दापछि, हातमात्रै यता मिलाउने । टेलिभिजनलाई अन्तर्वार्ता दिँदा पर्दा टाँगेर अन्तर्वार्ता दिने ।

गोलीका पर्रा छुटिरहेका बेला जनता सडकमा उत्रिएर यत्रो परिवर्तन ल्यायो । भूमिगत हिँडेर यत्रो परिवर्तन ल्यायो । ज्यान जोखिममा राखेर यत्रो परिवर्तन ल्यायो । परिवर्तन ल्याइसकेपछि पनि, लोकतन्त्र आइसकेपछि पनि एउटा मान्छे पर्दाभित्रै रहृयो । एउटा मान्छे पर्दाभित्रबाट अन्तर्वार्ता दिन्छ, उसको नेतृत्वमा आन्दोलन कठैबरा , खुट्टी हेर्दै पत्याएँ भनेजस्तै ।

आन्दोलन, आन्दोलन केका लागि ? प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गरेको छ । अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन रु उहाँहरुको टाउको ठूलो छ, विशाल । खुट्टा चाहिँ यत्रो छ । तर, जनाधारचाहिँ सानो छ । माथिचाहिँ बढ्दै जाँदा माथिचाहिँ ठूलै छ । जनताले यस्ता मान्छेलाई, यस्ता तत्वलाई देश बिगार्ने, देशको एकता तोड्ने, देशलाई अग्रगमनको बाटोमा‘ यस्तालाई जनताले मत दिन्छन् रु त्यसकारण उहाँहरुलाई के लागेको छ भने संसद पुनर्स्थापना गरेर जोड-घटाउ, जालझेल तिक्डम, यताउता, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन । यता मेलमिलाप, उता मेलमिलाप आदिबाट फेरि यसो सरकारमा पुग्न पाइन्थ्यो कि ?फेरि चुनाव भयो भने त चान्स हुँदैन भनेर उहाँहरु भागिरहनुभएको छ । चुनाव भन्नेबित्तिकै आजकल उहाँहरु निद्रामा झस्किनुहुन्छ । चुनाव सम्झिनुहुन्छ झसङ्ग । जनताको भोट सम्झिनुहुन्छ, झसङ्ग । यो झस्याङ्ग हुनुपर्दैन । यो चुनावी अभियानमा सामेल हुनुहोस् म आग्रह गर्न चाहन्छु । यस महाअभियानमा सामेल हुनुहोस् ।

प्रचण्ड र माधव नेपाल पार्टी र आन्दोलनलाई ध्वस्त पार्न लागेका छन्

पुष्पकमल दाहाल, जसको उपनाम प्रचण्ड पनि छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल यस पार्टीलाई यस आन्दोलनलाई ध्वस्त पार्न लाग्नुभएको छ । उहाँहरुले राष्ट्रका हितहरुलाई कुठाराघात गर्न खोज्नुभएको छ । आज मात्र होइन, पटक-पटक । उहाँहरुका भ्रममा साथीहरु नपर्नुस् ।

मधुकैटबले न उहिले जिते न अहिले जित्नेछ । ब्रह्यामा आसनसम्म डगमगाएका हुन तिनीहरूले । तर मधुकैटबले जितेन, जित्दैनन् । मैले कसैलाई शास्त्र सम्झाई रहनुपर्छ जस्तो लाग्दैन । गलत उद्देश्यहरूले एक छिन तहल्का मच्चाउँछ । एकछिनसम्म के हो कसो हो भनेर त्राहीमाम् बनाउँछन् । शास्त्रमा पनि त्यो देखिन्छ । तर, मधुकैटबले जित्दैनन् । त्यसकारण मधुकैटबहरू नउफ्रिए हुन्छ । यो जित जनताकै हुन्छ, फेरि ।

यो देश हार्ने कि जित्ने भन्ने प्रश्नको छिनोफोने गर्नेबेला भएको छ । देश हार्नुहुँदैन । जनता र सहिदहरूको बलिदान हार्नुहुँदैन । हाम्रा अग्रजहरूले गरेको योगदान, पुर्‍याएको त्याग हार्नुहुँदैन । जनताका सपना, हाम्रा भावी सन्ततिका भविष्य हार्न हुँदैन । हामी हार्‍यौं भने हाम्रा सन्ततिको भविष्य हार्छ । हामी हार्‍यौं भने हाम्रा अग्रजहरूको, साथीहरूको त्याग र बलिदान हार्छ । सहिदहरूको रगत हार्छ । हामीले हार्‍यौं भने देश हार्छ । जनता हार्छ । यी हार्न मिल्ने र सक्ने हार होइनन् । त्यसकारण हामीले हार्न दिनु हुँदैन ।

म साथीहरूलाई दृढ आत्मविश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु । जो साथीहरू, कार्यकर्ताहरू भ्रम, अन्योलमा परे, हिमचिमका कारणले जानुभएको छ, ती साथीहरूलाई आग्रह गर्न चाहन्छु, फर्किनुस् । आफैंले बनाएको, दुःख गरेको पार्टी हो । यो पार्टी निर्माणमा तपाईँको पनि दुःख छ । बहकिएर गलत उद्देश्यका निम्ति भरिया नबन्नुस् । दुईजना मान्छेका स्वार्थ, महत्वाकांक्षा, पद, पैसा र स्वार्थका लागि मरिमेट्न तयार हुनेका पछाडि सती नजानुस् । म साथीहरूलाई आग्रह गर्न चाहन्छु । आफूले निर्माण गरेको यस घरमा फर्किनुस् । यसघरको जगमा, मझेरीमा, भित्ता, छानामा तपाईँहरूको परिश्रम परेको छ । आउनुस् सँगै बसौं । मिलेर अघि बढौं । घर भत्काउनतिर नलगाउनुस् । अर्को आँगन बनाउनुहुन्छ भने बनाउनुस् ।

अहिले उहाँहरुलाई कत्रो आपत परिसक्यो, अस्तिकै दिन एउटालाई अध्यक्ष कि सभापति के बनाइसक्नुभयो । कस्तो हतार ? हाताहाती चाहियो, नगदा नगदी चाहियो भन्नुहुन्थ्यो, अस्तिकै दिन लिनु भएछ हाताहाती । सभापति भएर गजक्क बसिराख्या छ मुसुक्क हाँसेर । बल्ल मेरो सपना साकार भो बा , के रहेछ हाताहाती भनेको त त्यो मैले अस्ति न भनेकै थिएँ, हाताहाती हाताहाती भन्नुभयो, तेस्रो अध्यक्ष खानुस् न , आखिर उही दोस्रो । उहाँहरु अहिले पनि के कसो-कसो भन्दै हुनुहुन्छ, फेरि पनि दोस्रै न हो ।

उहाँ (माधव नेपाल) लाई प्रचण्डजीको व्यवहार, गुण, काम हेरेर आकर्षण भएको होइन । त्यही हाताहाती खोज्नुभएको थियो, त्यति मात्र हो । तेस्रो हुन नमान्ने, दोस्रो हुन मान्ने । दोस्रो र तेस्रोमा के फरक छ र ?  दोस्रोले रजत पाउँछ, तेस्रोले सिल्भर पाउँछ, त्यति न हो । त्यो सिल्भरका लागि किन मरिमेटेको ? स्वर्ण पाउने त होइन । माधव नेपालजीले स्वर्ण पाउनुभयो र अस्तिका दिन ? होइन रजत । यत्रो उपद्रो गरेर रजत ? यत्रो पार्टी फुटाएवापत रजत ? यत्रो पार्टीमा बिग्रह मच्चाएवापत रजत ? खुसी भएर लगाउनुभएछ फेरि । आन्दोलन त्यसका लागि गरेको हो र? होइन ।

त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु, पदको लडाइँ छाड्नुस्, देश बनाउन लाग्नुस् । लिडरसिपले विचार गरेर सबै साथीहरुलाई अन्याय नपर्ने गरी कार्यविभाजन गर्छ, जिम्मेवारी दिन्छ । कसलाई कुन ठाउँमा राख्नुपर्ने हो, कुन ठाउँ दिनुपर्ने हो, त्यो काम गर्छ । त्यो विश्वासका साथ अगाडि बढ्नुपर्छ । यो अगाडि बसेको पंक्ति, उच्चासनमा बस्नुपर्‍यो भनेर बसेको होइन, देखिनका लागि बसेको हो । परसम्म देखिनुपर्‍यो नि साथीहरुलाई । तल गएर बस्यो भने देखिँदैन ।

ताजुब , तपाईहरुले देख्नुभयो होला, यहाँ स्थायी कमिटीको बैठक हुँदा माथि मञ्चमा बस्न पाइँदैन भनेर उमुद मच्चाइयो । तल सारियो कुर्सी । अस्तिका दिन हेरेको त फेरि मञ्चासीन नै हुनुहुन्छ उहाँहरु । त्यो सिद्धान्त कता गयो रु सोफामा बस्न पाइँदैन भनेर ‘म बिमारी भएर अपरेसन गरेर आएको थिएँ । मेरो मात्र होइन, अर्को अध्यक्षले चित्त दुखाउनुहोला भनेर, चित्त कत्रो छ भने माखाको पित्त जत्रो, दुखाउनुहोला भनेर अर्को पनि सोफा नै राखिएको थियो । अरु साथीहरुलाई पनि असजिला कुर्सी थिएनन् । गजबकै कुर्सी राखिएको थियो । तर, मेरो कुर्सीचाहिँ आरामदायी रहेछ । माधव नेपालजीको मन भतभत पोलेपछि उहाँ कुदेर आउनुभयो, कुर्सी तानेर उता लैजानुभयो । अर्को कुर्सी ल्याउनुभयो । त्यो सजावट पनि मलाई थाहा थिएन । यो मैले गर्दा पनि गर्दिनँ, भ्याउँदा पनि भ्याउँदिनँ । यो अरुले नै गर्छ । त्यो कुरा मैले पछि थाहा पाएँ ।

अस्तिका दिन टेलिभिजनमा हेरेको त उहाँहरु भव्य सोफामै ढलिमली गर्नुभएछ सोफा विरोधीहरु । यी मौसमी, आडम्बरी र देखावटी कुराका पछाडि लाग्नुहुँदैन साथी हो । जे यथार्थ हो, त्यसलाई अंगीकार गर्नुपर्छ । खुद्रा मसिना कुरा उल्लेख नगरे पनि हुने हो, तर उहाँहरुको प्रवृत्तिको सानो झल्को भनिदिएको हुँ । सानो झल्को मात्र ।

हो चि मिन्हले भन्नुभएको छ, हामीले हजार वर्ष लड्यौं, अझै हजार वर्ष लड्नेछौं, न्यायका लागि । हो चि मिन्हले भने जति लड्नु नपर्ला । हजारौं वर्ष त लड्यौं । एक/दुईवटा चुनाव लडेर राम्रा कामहरू गरेर देखाउनु पर्नेछ । विगतमा जस्तै राम्रा काम गरेपछि हजारौं वर्ष लडिरहनुपर्दैन ।

हामीले दुःख पाएका छौं । हामी संक्रमणकालमा छौं । हिजो लडाइको मैदानमा दुःख पायौं । आज संक्रमणकालको सन्दर्भमा दुःख पाइरहेका छौं । तर, भोलि हाम्रा सन्ततिले स्थापित, स्थिर, स्थायित्वसहितको प्रणाली, अवस्था र समृद्धर सुखका आधारसमेत भएको समाज भोग्न पाउँ । हाम्रा सन्ततिले त्यो भोग्न पाउँ भनेर नै आज यो लडाई लडिरहेका छौं । आज हामी यो संग्राममा छौं । यो लडाई फेरि पनि सत्य र असत्यका विरुद्धको हो ।

कीर्ते सभामुख ?

मलाई सभामुखमाथि अचम्म लाग्यो । हुन त कानुनको किञ्चित ज्ञान नभएका, कानुनी संघर्षको अत्तोपत्तो नभएका व्यक्तिलाई सभामुख बनाइएको छ । कानुनको अत्तोपत्तो केही छैन । यतिसम्म कि उहाँले साढे ३ बजे लगेर दर्ता गरेकोलाई साढे ३ बजे दर्ता गर्न मिल्दैन भनेपछि १० : ५० कि कतिमा मकहाँ आएको थियो भनेर बाटोमा हिँड्दाहिँड्दै घुँडामा राखेर प्रमाणित गर्नुभयो । उहाँले थाहा पाउनुभएन, सभामुखकहाँ दर्ता गरिँदैन, महासचिवकहाँ दर्ता गरिन्छ । महासचिव नभए सचिवकहाँ दर्ता गरिन्छ । सचिवले अविलम्ब सभामुखलाई जानकारी गराउँछ र सभामुखले १५ दिनभित्र कारबाही अघि बढाउँछ । कानुनी व्यवस्था त्यो हो ।

सभामुखले प्रमाणीकरण गर्छ कि गर्दैन ? किन उहाँले साढे ३ बजे १०ः५० मा आएको भनेर यस्तो कीर्ते काम गर्ने सभामुख हामीले पाएका छौं । कीर्ते सभामुख ।

संसद सचिवालयले हिजो वक्तव्य निकालेर स्पष्ट पार्‍यो कतिबेला दर्ता भयो भनेर मान्छेहरुमा भ्रम देखिएकाले साढे ३ बजे ल्याएको हो, हामीले साढे ३ बजे दर्ता गरेका हौं भनेर स्पष्ट पारिसक्यो, संसद सचिवालयले । अब बुझ्नुस् ।

सभामुख भनेको स्वच्छ मान्छे हुनुपर्छ । तर, हामीले एउटा कीर्ते मान्छेलाई सभामुख मानेका छौं । मान्दै आएका छौं । यस्ता कीर्तेको हातमा जब नेतृत्व हुन्छ, अनि प्रणाली अप्ठ्यारोमा पर्छ ।

केन्द्रीय कमिटीका काम र अधिकार स्थायी कमिटीलाई

हामीले गर्नुपर्ने अर्को एउटा काम छ । केन्द्रीय कमिटीको बैठक सधैं बसिरहँदैन । केन्द्रीय कमिटीको बैठक नबसेको बेला, केन्द्रीय कमिटीले गर्नुपर्ने सम्पूर्ण कामहरु, केन्द्रीय कमिटी त सधैं गतिशील भइरहनुपर्छ र संस्थागतरुपमा उसले निर्णय गर्नुपर्ने हुन्छ, काम गर्नुपर्ने हुन्छ ।

म कामरेडहरुसमक्ष प्रस्ताव राख्न चाहन्छु, अहिलेको अवस्थामा केन्द्रीय कमिटीको बैठक नबसिरहेका बेला, केन्द्रीय कमिटीले गर्ने सम्पूर्ण काम र अधिकार स्थायी कमिटीलाई प्रत्यायोजन गरियोस् । यो प्रस्ताव पारित भएको छ र स्थायी कमिटीले त्यस कामको नेतृत्व गर्नुपर्नेछ ।

कमरेडहरुले अब गएर गर्नुपर्ने काम बुझ्नुभएको छ । साथीहरुलाई भ्रममा पर्न नदिने, भ्रम तोड्ने, साथीहरुलाई अन्त जान नदिने, भ्रममा पार्ने मात्रै होइन, जबरजस्ती गर्ने र उठाएर लैजाने, घिसारेर लिएर जानेसम्मका कामहरु उनीहरुले गर्छन् । भन्न नहुने, एक ढंगले भन्ने हो भने अपहरणका कामहरु गर्छन् । बलजफ्ती, तानेर लाने, घिसारेर लाने गर्छन् ।

दुईवटा तरिका अपनाउने गर्छन्, एउटा भरसक मित लगाएर ठग्न खोज्छन् । मित लगाएर ठग्न खोज्दा मानेन भने बलजफ्ती गर्ने । दुईवटै तरिका उनीहरुले अपनाउने गर्छन् । अपनाइसकेका पनि छन् । त्यसकारण मित लगाएर ठगिन पनि साथीहरुलाई नदिने र बलजफ्ती लगेर फसाउन पनि साथीहरुलाई नदिने ।

प्रदेशमा कामको संयोजन

अब हाम्रा कामहरु गतिशील ढंगले अगाडि लैजानका निम्ति हामीले हरेक प्रदेशमा कामको संयोजन गर्नुपर्छ । यसो हेरेको, कपाल पाकिराख्या छ, ७ नम्बर प्रदेशका लेखराज भट्टलाई देखेँ । सुदूरपश्चिमको संयोजन भट्टले गर्नु हुनेछ । त्यसैगरी कर्णाली प्रदेशको संयोजन मणि थापा, लुम्बिनी प्रदेशको संयोजन शंकर पोखरेलले गर्नु हुुनेछ । गण्डकी प्रदेशको पृथ्वीसुब्बा गुरुङ र बाग्मती प्रदेशको ईश्वर पोखरेलले गर्नुहुनेछ । बाग्मती प्रदेश अलि ठूलो भएकाले उपत्यकाको संयोजन कृष्णगोपाल श्रेष्ठले गर्नुभएको छ । प्रदेश २ को संयोजन सत्यनारायण मण्डल, प्रदेश १ को सुवासचन्द्र्र नेम्वाङ, जनसंगठनहरुको संयोजन टोबहादुर रायमाझीले गर्नुहुनेछ । यसबाहेक जिल्लाहरुको कमिटी र कामको संयोजन केही दिनभित्र स्थायी कमिटीले गर्नेछ । हामीले हाम्रा कमिटी, जनवर्गीय, पेशागत, समुदायिक संगठनहरु सबैलाई एक ढंगले भन्ने हो भने पुनर्गठन गर्नुपर्ने आवश्यकता छ ।

हामीलाई हार्ने छुट छैन, इजाजत छैन

यो म किन भनिरहेको छु भने यो देशको भविष्य यस आन्दोलनसँग, यस पार्टीसँग यसको अभियानसँग यसको सफलतासँग जोडिएको छ । त्यसकारण हामीलाई असफल हुने सुविधा छैन । असफल हुन हामीलाई इजाजत छैन् । असफल हुन हामीलाई छुट छैन् । हाम्रो एकमात्र विकल्प सफल हुने हो । सफल भइएन भने‘ लाग्छ होला साथीहरुलाई, भन्ने कुरा छोडिदिनुस्, हामी सफल हुन्छौं, हामी सफल बनौं ।

सफलताबाहेक भएन भने रु यो प्रश्नै छैन । भएन भने डिक्सनरीबाट हटाइदिनुस् । भएन भने होइन, हुँदै हुन्न कसै-कसैको । कसैले-कसैले जे कोसिस गरेका छन्, देश बिगार्ने, त्यो हुँदैहुन्न । भयो भने रु भन्ने प्रश्नै छैन । भयो भने रु भन्ने वाक्यांश छैन । हामीकहाँ भएन भने रु वाक्यांश छैन । हामीकहाँ हुन्छ-हुन्छ । सफल हुन्छौं, हुन्छौं, त्यति हो । सफलताको विकल्प छैन हामीसँग । हामी सफल हुन्छौं । त्यसका लागि साथीहरु अत्यन्तै सक्रियताका साथ ।

एकजना मेरो पुरानो मित्र राधाकृष्ण मैनालीले भन्नुभएछ, अब केपीको हालत सीपी मैनालीको जस्तो हुन्छ । उहाँ राजनीतिक रुपले विश्लेषण गर्न सक्ने मान्छे होइन । मेरो साथी हो, सोझो हुनुहुन्छ विचरा १
साथीहरुलाई लाग्ला, यति दुःख त जीन्दगीमा कहिल्यै गरेको थिइनँ । त्यसैगरी जिन्दगीमा नगरेको दुःख जीन्दगीमा नगरेको मेहनत, जीन्दगीमा नगरेको परिश्रम यतिबेला गर्नुपर्ने भएको छ । किनभने, देशलाई अप्ठ्यारोमा पार्ने कोसिस भएको छ । अस्थिरतामा धकेल्न खोजियो ।

प्रधानमन्त्रीमाथि अविश्वास राख्ने, अविश्वास राखेर विभिन्न दक्षिणपन्थी अनेक तत्वहरुसँग साँठगाँठ गरेर सरकार बनाउने, पहिलेजस्तै । विभिन्न तत्वसँग मिलेर, साँठगाँठ गरेर तीनरतीन महिनामा सरकार परिवर्तनको खेल चलिरहने । त्यसबाट बच्न अरु कसैको आर्शिवाद खोजिरहनुपर्ने । अरु कसैले जतिबेलासम्म तथास्तु भन्यो, तबसम्म चल्ने । तथास्तुवाला कुरा हामीले छोडिदिनुपर्छ । आफ्ना खुट्टामा, आफ्ना बलमा, आफ्ना तागतमा हामी हिँड्नुपर्छ । आफ्ना कर्तव्यमा, आफ्ना उद्देश्यमा हामी अगाडि बढ्नुपर्छ । त्यसकारण साथीहरुलाई सक्रियतापूर्वक अगाडि बढ्न म आग्रह गर्न चाहन्छु ।

यतिबेला बहस विवाद गर्ने, साथीहरुलाई सम्झाउने भनेको झगडा गर्ने होइन । साथीहरुलाई सम्झाउने भनेको विवाद गर्ने होइन, सम्झाउने हो । झगडा गर्ने होइन, मित्रता गर्ने हो । साथीहरुसँग मित्रता गर्नुस् । साथीहरुलाई सम्झाउनुस् । सम्झाउने मामलामा झगडा गरेर, रातोपिरो भएर सम्झाइँदैन, सम्झाइँदैन । झगडा गर्दा सम्झिएको कसैले काहीँ देख्नुभएको छ रु झगडा गरेर कसैले सम्झिन्छ रु बुझ्छ कुरा रु बुझ्दैन । त्यसकारण झगडा होइन, झगडा हुने गरी होइन, विवाद बढ्ने गरी होइन । हामीले विवाद गर्ने होइन, सम्झाउने हो साथीहरु । त्यो शैलीले, मित्रता गर्ने अरु साथीहरुसँग । मित्रतापूर्ण ढङ्गले अगाडि बढ्नुस् ।

र, हरेक व्यक्ति एक क्षण समय खेर नफालौं । हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण समय, जीवनको सबैभन्दा चुनौतीपूर्ण समय, हाम्रो क्षमताको, हाम्रा बिचारको सहीपनाको, हाम्रो संगठनको सामर्थ्यको परीक्षण गर्ने समय अहिले हो ।

यो समय हामीले पार गरेपछि हामीले अत्यधिक बहुमत र दुई तिहाईसम्मको पार्लियामेन्ट्री हैसियत बनाएपछि, त्यसपछिको अवस्था बेग्लै बन्छ । एउटा युगले परिवर्तन खोजेको छ, त्यो प्राप्त गर्छ । त्यसकारण युगले खोजेको यो परिवर्तन त्यो उपलब्ध गराउने, त्यो प्राप्त गराउने अभिभारा, त्यो दायित्व हाम्रो हो । हाम्रो पार्टीको हो । हाम्रो संगठनको हो । त्यसकारण साथीहरु त्यसै ढङ्गले सक्रिय हुनुस्, मेरो साथीहरुलाई आग्रह छ( तपाईंहरुको मेहनत सफल होस् । म शुभकामना भन्न चाहन्छु ।

म सीपी मैनालीजस्तो हुन्छु रे 

एकजना मेरो पुरानो मित्र राधाकृष्ण मैनालीले भन्नुभएछ, अब केपीको हालत सीपी मैनालीको जस्तो हुन्छ । उहाँलाई धन्यवाद छ । उहाँका आफूबाहेक चार भाइ छन् । त्यसमध्ये माइलो भाइ ९सीपी मैनाली० सँग मलाई जोड्नुभएछ ।

आफ्नो(आफ्नो दृष्टिकोण हो, उहाँका दृष्टिकोण कस्ता छन् रु कहिले राजाका पछाडि कुद्नुहुन्छ, कहिले कता कुद्नु हुन्छ । उहाँलाई कमेन्ट गर्न चाहन्नँ । उहाँ राजनीतिक रुपले विश्लेषण गर्न सक्ने मान्छे होइन । मेरो साथी हो, सोझो हुनुहुन्छ विचरा । आफ्नो भाइकै हालत हुन्छ भनेर ठान्नुभएको छ । अरु जस्तो भन्नुभएन, आफ्नै माइलो भाइसँग तुलना गर्नु भएछ ।

यस्ता साथीहरु भेटिन्छन् । कस्ता कमेन्ट गर्नेहरु भेटिन्छन् । तर, हामी त्यस्ता कमेन्टहरुमा अल्मलिन आवश्यक छैन, म साथीहरुलाई भन्न चाहन्छु । कति भविश्यवाणी गरिदिन्छन्, यस्तो हुन्छ, उस्तो हुन्छ, संविधान जान्छ, व्यवस्था जान्छ । कहाँबाट जान्छ रु जनताले लडेर ल्याएको यो व्यवस्था, संविधान, प्रणाली कसले खोसेर लान्छ रु यो जानेवाला होइन, सुदृढ हुनेवाला हो । यसलाई सुदृढ र रक्षा गर्न हामी छौं । कसले खोस्ने रु यो व्यवस्था स्थापना गर्छौं भनेर आधा शताब्दी अगाडि घोषणा गरेर, काम गरेर, दुःख कठिनाई, जेलनेल, यातना, भूमिगत, निर्वासन सबै सहेर यहाँ आएका हौं ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board