प्रचण्ड-नेपाल समूहले थाले आन्दोलन, छातीमा ‘हामी यहाँ छौं’ टाँसेर माइतीघरमा

काठमाडौं, १० पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघरबाट आन्दोलन थालेका छन् । अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजीसमेत गरेका छन् । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । उनीहरुले आजबाट सडक संघर्ष चर्काउने भएको छ ।

त्यसक्रममा १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् । आजै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board